×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना संक्रमण,१४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना संक्रमण,१४ जनाको मृत्यु

 काठमाडौं - पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

यस्तै २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ३६८ जना संक्रमणमुक्त भएका छन्।

सक्रिय संक्रमित संख्या १६,८२८ पुगेको छ। कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या ३,१३६ पुगेको छ।

प्रतिकृया दिनुहोस्