×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डब्लूएचओले माग्यो चीनसँग कोभिडको तथ्यांक

डब्लूएचओले माग्यो चीनसँग कोभिडको तथ्यांक

काठमाडाैँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ । 

बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड-सम्बन्धि समस्याका कारण रिपोर्ट गरेपछि डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँगको कुराकानीमा उक्त आह्वान गरेका हुन्।

‘डाक्टर टेड्रोसले चीनको गहिरो सहयोग र पारदर्शिताको महत्व दोहोर्याए’, डब्लूएचओको विज्ञप्तिमा भनिएको छ । यसअघि चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको चीनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए ।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिएका थिए ।

उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो ।

सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहुँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।

प्रतिकृया दिनुहोस्