×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिरिज जित्न नेपाल ‘ए’ ले दियो क्यानडालाई सामान्य लक्ष्य

सिरिज जित्न नेपाल ‘ए’ ले दियो क्यानडालाई सामान्य लक्ष्य

काठमाडौं- नेपाल‘ए’टोलीले क्यानडालाई सिरिज जित्नका लागि १ सय ८२ रनको लक्ष्य दिएको  छ ।

मुलपानी क्रिकेट मैदानमा जारी सिरिजको तेस्रो तथा निर्णायक खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल ४७ ओभरको अन्तिम बलमा १ सय ८१ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि ओपनर आशुतोष घिरैयाले ४८ बलमा २८ रन बनाए । ५ चौका प्रहार गरेका आशुतोष क्यानडाका कप्तान साद वीन जाफरको बलमा आउट भए । अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए । अर्जुन २१ औं ओभरको दोस्रो बलमा डिलोन हेलिङ्गरको बलमा आउट भए ।

बसिर अहमद ४० बलमा २५ रन बनाउँदै रन आउट भए । कप्तान सन्दीप जोराले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । हेलिङ्गरको बलमा २३ औं ओभरको दोस्रो बलमा आउट भए ।

राशिद खानले २५ बलमा १९ रन बनाए । प्रतिश जिशीले २० बलमा १९ रन बनाए । क्यानडाका लागि हर्ष थाकर, डेलिन हेलिङ्गर र निकोलस किर्टनले समान २/२ तथा कप्तान साद वीन जाफर र कलिम सानले समान १/१ विकेट लिए ।

नेपाल ए का लागि अघिल्लो खेलमा कप्तानको जिम्मेवारीमा रहेका सन्दीप जोरा कप्तानमा निरन्तर रहेका छन् । नेपाल ए को प्लेईङ(११ मा चार परिवर्तन भएको थियो । तीन खेलको एकदिवसीय सिरिज १(१ को बराबरीमा रहेको छ । पहिलो खेलमा क्यानडा(११ विजयी हुँदा दोस्रो खेल नेपाल ए ले जितेको थियो । आजको खेलमा विजयी टिमले सिरिजमा जित हात पार्ने हुँदा दुवै टोलीका लागि यो खेल महत्वपुर्ण छ ।

नेपाल ए का दोस्रो एकदिवसीय खेलमा खेलेका किरण ठगुन्ना, मयन यादव, विवेक यादव, रिजन ढकाल बाहिरिएका छन् । प्रशित जिशी, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया टोलीमा मौका पाएका छन् ।

प्रतिकृया दिनुहोस्