काठमाडौँ -मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काश गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
त्यस अनुसार सोमबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।
नेप्सेले लघुवित्तको कारोबार संकेत एमएलबीएस प्रदान गरेको छ । त्यस कारोबार संकेतमा लघुवित्तको शेयर किनेबेच हुनेछ ।