×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्डियन प्रिमियर लिगमा दिल्लीको पहिलो जित,चेन्नई पराजित

इन्डियन प्रिमियर लिगमा दिल्लीको पहिलो जित,चेन्नई पराजित

काठमाडौं - इन्डियन प्रिमियर लिग-२०२४ मा दिल्ली क्यापिटल्स (डीसी)ले पहिलो जित दर्ता गरेको छ ।

टोलीले चालू सिजनको १३औं खेलमा चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो । आइतबार विशाखापट्टनममा भएको दोस्रो खेलमा दिल्लीले २० ओभरमा १९१ रन बनाएको थियो ।

१९२ रनको लक्ष्यको सामना गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि अजिंक्य रहाणेले ३० बलमा ४५ रन बनाए भने एमएस धोनीले १६ बलमा ३७ रनको अविजित इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । दिल्लीका मुकेश कुमारले ३ विकेट लिए । खलील अहमदले पनि दुईवटा सफलता हात पारे ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ३२ बलमा ५१ रनको इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । डेभिड वार्नर (५२ रन)ले आफ्नो आईपीएल करियरको ६२औँ अर्धशतक बनाए । पृथ्वी शाले २७ बलमा ४३ रन बनाए । चेन्नईका मथिशा पथिरानाले ३ विकेट लिए ।

प्रतिकृया दिनुहोस्