×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

५ हजार ८७ जनामा संक्रमण, ३ जनाको मृत्यु

५ हजार ८७ जनामा संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ८७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५६० जनामा गरिएको परिक्षणमा ५ हजार ८७ जनामा कोरोाना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म ९ लाख ४५ हजार ६०९ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाबाट ८ लाख १५ हजार ६३५ जना निको भएका छन् । यस्तै नेपालमा कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको छ भने २० हजार ६४७ सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्