उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो । यो २०७२ कै महाभूकम्पको परकम्प भएको केन्द्रले बतायो ।