×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरिनु नालायकीपन हो : एमाले

सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरिनु नालायकीपन हो : एमाले

सुर्खेत- नेकपा एमालेले सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित गरिएको भन्दै सरकारको चर्को आलोचना गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट जबरजस्ती पारित गरिएको भन्दै यो सरकारको नलायकीपन भएको टिप्पणी गरे ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’ विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको पोखरेलले बताए ।

नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । ‘नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने । नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी पनि महासचिव पोखरेलले दिए । सत्ता गठबन्धन पूर्णरुपले असफल भएको र स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस्