×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाललाई ४ विकेटले हराउदै टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

नेपाललाई ४ विकेटले हराउदै  टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौं - त्रिदेशीय टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले हरायो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले खेल सकिन तीन बल अगाडी १८९ रन बनायो ।


नेदरल्याण्ड्सको जितमा माइकल लेभेटीले ५४ तथा सिब्राण्ड एंगलब्रेथले ४८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।

दिपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक/एक विकेट लिए । नेपालको हारमा बोहरा महंगो साबित भए । तीन ओभर बलिङ गरेका उनले एक विकेट लिँदा ३९ रन खर्चिए ।


यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर रन बनायो । नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट हुँदा गुलसन झा ३४ रनमा पभेलिएन फर्किए । ११ बलमा ३ छक्काको मद्दतमा कुशल मल्लले २६ रन बनाए ।

करन के.सीले ९ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । आरिफ सेख शून्य रनमा आउट भए सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा नटआउट रहे ।

प्रतिकृया दिनुहोस्