×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा

क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा

काठमाडौं – कतार विश्वकप २०२२ अन्तर्गत  क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार रातिको खेलमा ब्राजिल पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्।


निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा १-१ को बराबरी भएपछि ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटाउटबाट टुंगिएको थियो।

ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएपछि प्रशिक्षक टिटेले पदबाट राजीनामा गरेका हुन्।

उनी २०१६ मा ब्राजिलको प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले ६० खेल जितेको छ। उनकै नेतृत्वमा २०१९ मा ब्राजिलले कोपा अमेरिका कप जितेको थियो।

प्रतिकृया दिनुहोस्