काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपालमा प्रदर्शनका क्रममा भएको मृत्युप्रति आक्रोश व्यक्त गर्दै लेखेकी छन्, “नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने– नेपाल सरकार धिक्कार! मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना।”
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भनेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ। तपाईंले राजीनामा दिनैपर्छ।”
यो घटना जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएको हो। प्रदर्शनमा प्रहरीको कारबाहीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।