×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विशेषमा बजेटमा सडक निर्माणको योजना पर्दैनः डा.विश्वनाथ पौडेल

विशेषमा बजेटमा सडक निर्माणको योजना पर्दैनः डा.विश्वनाथ पौडेल

काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताउनुभएको हो । उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताउनुभयो ।

उहाँले सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताउनु भयो । उहाँले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताउनु भयो । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरु सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिनुभयो । 

उहाँले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ठूला नगरपालिकाहरुले समेत विषेश बजेट अन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताउनु भयो । 

प्रतिकृया दिनुहोस्