स्याङ्जा - प्रतिनिधसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । गल्याङ नगरपालिका–६ र ७ तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि छिन ।
पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गरेकी छन् । अर्यालका प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गरेका छन्।
स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको छ । स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको हो । निर्वाचन आयोगले हिजो स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न निर्देशन दिएको थियो । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।