×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्रिकेटर सन्दीप विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं - नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

आज जिल्ला अदालत काठमाडौँमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यस अघिको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो ।


उक्त माग खारेज भए पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो ।

उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो । जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकिएको हो ।

प्रतिकृया दिनुहोस्