×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेसबुकले हटाएको ९ दिनपछि फिर्ता भयो 'एमआरआर' ग्रुप

फेसबुकले हटाएको ९ दिनपछि फिर्ता भयो 'एमआरआर' ग्रुप

काठमाडौं - फेसबुकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै हटाएको चर्चित नेपाली सोसल ग्रुप  मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको छ । नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय फेसबुक ग्रुप 'एमआरआर' मेटाले गत कात्तिक १३ गते हटाएको थियो । उक्त ग्रुप आज बिहान देखि पुन: देखिएको छ ।
एमआरआरले आफ्नो पेज मार्फत ग्रुप फिर्ता भएको जानकारी दिएको हो । ग्रुप अन्य धेरै सुधार सहित फिर्ता भएको पनि एमआरआरले उल्लेख गरेको छ । नेपाल नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको बेला सामाजिक सञ्जालबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालका विभिन्न कम्पनीहरूसँग सहकार्य गरिरहेको छ ।
यही अभियानमा मेटाले 'कम्युनिटी गाइडलाइन्स' अत्यधिक उलङ्घन हुनुका साथै त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै फेसबुक पोस्ट र कमेन्टहरूमा निगरानी बढाएको छ । यसैबिच एमआरआर ग्रुपलाई मेटाले हटाएको थियो । यद्यपि ग्रुपले आफ्नो फेसबुक पेज मार्फत निर्वाचन सम्बन्धी सामग्रीको कारण नभइ अन्य कारणले नै ग्रुप हटाइएको उल्लेख गरेको थियो । ग्रुप हटाइनुको पछाडी के कारण थियो भन्ने विषयमा मेटाले केही उल्लेख नगरेको एमआरआरको भनाई छ । 

प्रतिकृया दिनुहोस्