पञ्चाङ्ग
वि.सं. साउन ३१, २०७९ । ई.सं. १६ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । मंगलबार भाद्र कृष्णपक्ष । तिथि- पञ्चमी, २४:०९ बजे उप्रान्त षष्ठी । नक्षत्र- रेवती, २५:४७ बजे उप्रान्त अश्विनी । योग- शूल, २७:१२ बजे उप्रान्त गण्ड । करण-
कौलव १२:२६ बजेदेखि तैतिल, २४:०९ बजे उप्रान्त भद्रा । चन्द्रराशि मीन । आनन्दादि योग शुभ । दिनमान ३२।४१ । सूर्योदय ५:३५ । सूर्यास्त १८:३९ ।ध.पञ्चक स.१:४७, दाछिकोलमती घाट स्नान, ल.पु.नृसिंहयात्रा, उपकलासाँया, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला समाप्ती ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका काम अधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कामको योजना र पुन: थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोबारमा सफलता पनि पाइएला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च पनि बढेर जानेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको परिश्रमबाट पछि फाइदा मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कृषिको कारोबारबाट सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो/नेपाली पात्रोबाट