×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीका रुपन्देही जिल्ला इन्चार्जले दिए राजीनामा

माओवादीका रुपन्देही जिल्ला इन्चार्जले दिए राजीनामा

काठमाडौँ- नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन्।

रुपन्देहीमा एक जना पनि प्रत्यक्ष तर्फका उम्मेदवार विजयी गराउन सकिएन, समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको र मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रूपमा पार्टीको नेतृत्वमा रहिरहन मिलेन त्यसैले राजीनामा दिएको छु,ञ खाँले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। 

नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा समेत संलग्न रहेको सत्ता गठबन्धनमा रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टी समेत सहभागी भएपनि माओवादी निकट उम्मेदवारहरू विजयी हुन सकेनन्।

रुपन्देहीमा सत्ता गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा सत्ता गठबन्धनले एमालेबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थन गरेको थियो। तर उनी पराजित भएका थिए। 

क्षेत्र नं ५ (क) बाट लुम्बिनी प्रदेश सभामा उम्मेदवारी दिएका केन्द्रीय कमिटीका सल्लाहकार विनोद पहाडी पनि पराजित भएका हुन्।

प्रतिकृया दिनुहोस्