×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्ड भन्छन् : गृहमन्त्री बनाएपछि थाहा हुन्छ

प्रचण्ड भन्छन् : गृहमन्त्री बनाएपछि थाहा हुन्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् ।

आइतबार नागरिकता लिए लगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् ।

सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए ।

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।’

प्रतिकृया दिनुहोस्