×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिकाले युक्रेनलाई पठाएकाे शक्तिशाली हतियार नष्ट गरेकाे रुसकाे दाबी

अमेरिकाले युक्रेनलाई पठाएकाे शक्तिशाली हतियार नष्ट गरेकाे रुसकाे दाबी

एजेन्सी- रुसको रक्षा मन्त्रालयले शुक्रबार आफ्नो सेनाले जुलाई ५ देखि २० को बीचमा अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको चार वटा हिमार्स रकेट प्रणाली नष्ट गरेको जनाएको छ ।

दैनिक ब्रिफिंमा रक्षा मन्त्रालयले भनेकाे छ, ‘अमेरिकी निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (हिमार्स) का चार वटा लन्चर र एउटा यातायात लोडिङ गाडी नष्ट गरिएको छ ।’

पश्चिमी मुलुकहरुले रुसविरुद्धको युद्धमा प्रयोग गर्नका लागि युक्रेनलाई उच्च गतिशीलता आर्टिलरी रकेट प्रणाली (हिमार्स) उपलब्ध गराएको छ । किभले युक्रेनमा आठ हिमार्सको आगमनलाई युद्धको क्रममा सम्भावित गेम चेन्जरको रूपमा स्वागत गरेको छ । अधिक सटीक यी उन्नत हतियारहरूको अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा क्षमता छ । यसले किभलाई रुसी लक्ष्य एवं रुसी लक्ष्यभन्दा परसमेत प्रहार गर्ने सामर्थ्य दिन्छ ।

चार हिमार्स लन्चर नष्ट गरेको रुसको दाबीलाई अन्य स्वतन्त्र स्रोतले भने पुष्टि गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्