×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आर्सनलको शीर्ष चारको दौडमा ब्रेक

आर्सनलको शीर्ष चारको दौडमा ब्रेक

काठमाडौँ- शीर्ष चारको दौडमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । आर्सनल घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । 

क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा, जोर्डन आए र विल्फ्रेड जाहाले एक/एक गोल गरेका थिए । क्रिस्टल प्यालेसले दुई गोल पहिलो हाफमा गरेको थियो भने एक गोल दोस्रो हाफमा थपेको थियो ।

यो जितपछि क्रिस्टल प्यालेसको ३० खेलमा ३७ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । आर्सनल भने २९ खेलमा ५४ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्