काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेकै कारण सकारात्मक परिणाम आएको बताएका छन् ।
एमाले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले, माओवादी केन्द्रसहित ७ दलको गठबन्न बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनानउने सहमति भएपछि उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्– ‘२०७९ पुस ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यहि थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो, परिणाम आयो ।’
चुनाब गराउनेको बहुमत नआउनुलाई नयाँ विकल्पमा जाने जनादेश भएको उल्लेख गरेका छन् । ‘संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वभाविक मान्नु पर्छ,’ उनले भनेका छन् ।