×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अविरल वर्षाले धनगढी डुबानमा, जनजीवन अस्तव्यस्त

अविरल वर्षाले धनगढी डुबानमा, जनजीवन अस्तव्यस्त

धनगढी- आइतबार रातिदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ। वर्षाले धनगढीका मुख्य बजार, सडक र बस्तीहरू डुबानमा परेका छन्, जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

धनगढी उपमहानगरपालिकाका अनुसार, मुख्य बजार क्षेत्रका साथै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उपमहानगरपालिकाको प्रशासनिक भवन अगाडि, शीतल डेरी, पार्क चोक, नेपाल राष्ट्र बैंक वरपरका सडकहरू पूर्ण रूपमा जलमग्न भएका छन्। सयौँ घर तथा पसलहरूमा पानी पसेको छ।

सडकमा पानी जमेपछि सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ। बाटो अवरुद्ध भएपछि ग्यालेक्सी, ऐश्वर्य विद्या निकेतन लगायत धनगढीका अधिकांश शैक्षिक संस्थाहरूले आजका लागि बिदा दिएका छन्।

यसैगरी, धनगढी नजिकैको मोहना नदीमा पानीको बहाव बढेर बाढी आएको छ। नदीको बाढीले आसपासका बस्तीहरू डुबानमा पर्नुका साथै कटानको जोखिम पनि बढाएको छ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका पहाडी तथा तराईका भू-भागमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्