काठमाडाैँ- इंग्लिस क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रोलाई २-० ले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनल प्रवेश गरेको हो ।
चेल्सीको जितमा रोमेलु लुकाकुले सिजनको १२ औँ गोल पुरा गरे । यसअघि च्याम्पियनसिप क्लब मिडल्सब्रोले म्यानचेस्टर युनाईटेड तथा टोटेनह्यामलाई स्तब्ध पार्दै क्वाटरफाइनल यात्रा तय गरेको थियो । तर उसको अन्तिम चारको सपनामा प्रिमियर लिग क्लब नै बाधक बन्यो ।
चेल्सीलाई सुरुवाती अग्रता दिलाउने क्रममा १५ औँ मिनेटमा मसन मउन्टको क्रसलाई रोमेलु लुकाकुले सदुपयोग गर्दै टीमालई सुरुवाती अग्रता दिलाए । त्यस्तै दोस्रो गोल हाकिम जियाचीले गरेका थिए । उनले पनि मउन्टकै पासलाई सदुपयोग गरेका थिए । सेमिफाइनल टोलीको प्रतिद्वन्द्वी भने नोटिङ्गम फरेष्ट र लिभरपुलबिचको खेलपछि तय हुने छ ।