×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सरूवा–बढुवाका लागि नेताका घर नचहार्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

सरूवा–बढुवाका लागि नेताका घर नचहार्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन ।
 

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलीखेलमा मंगलबार आयोजित नवप्रवेशी नापी अधिकृतहरुको लागि अनुशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशी नापी अधिकृतहरुलाई शुभकामना दिँदै जिम्मेवार भएर राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय र नापी विभागप्रति रहेका नकारात्मक सन्देशलाई परिवर्तन गर्ने गरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिइन् । भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धीत कर्मचारी अझै जिम्मेवार बन्नु पर्नेमा उनको जोड थियो ।

मन्त्री श्रेष्ठले सरुवा र बढुवाका लागि कर्मचारीहरु नेता तथा हाकिमको कोठा र घर चाहर्ने कामको अब अन्त्य गर्नु पर्ने भन्दै कर्मचारी सरुवाका लागि चक्रिय प्रणाली आवश्यक रहेकाले त्यसको तयारी गर्न समेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिइन् ।

मन्त्री श्रेष्ठले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित हुने कुराको थालनी गर्नुपर्ने भन्दै निजामति विधेयक छिटो ल्याएर निजामति प्रसाशनमा देखिएका विकृतिको अन्त्य गर्नु पर्नेमा समेत जोड दिइन् ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले नवप्रवेशी ३९ जना नापी अधिकृतहरुलाई तालिमको प्रमाणपत्र वितरण गरेकी छन् ।

 
 

प्रतिकृया दिनुहोस्