×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिका र चीनबीच पर्दापछाडि अघोषित युद्ध

अमेरिका र चीनबीच पर्दापछाडि अघोषित युद्ध

विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको बेला चीन र अमेरिका भने अघोषित युद्धमा छन् । यो लडाइँमा दुवै देशका केही स्वार्थ पनि छन् । चीन विश्वको लिडर बन्ने प्रयासमा छ भने विश्वकै शक्तिशाली मानिएको अमेरिका आफ्नो प्रभुत्व गुमाउन चाहँदैन ।

चीन कमसेकम एसिया प्रशान्त क्षेत्रमा सैन्य सुपरपावरका रूपमा आफूलाई उभ्याउन सफल भएको छ । यता, अमेरिका कोरोना भाइरसको जालोमा नराम्ररी फसेको छ । अमेरिकामा कोरोनाकै कारण साढे आठ लाख जनाको ज्यान गइसकेको छ भने पाँच करोडभन्दा बढी संक्रमित भइसकेका छन् ।

यस्तै, अमेरिका पछिल्ोि समय कोरोना भाइरस र आफ्नो अहमताका कारण चीनसँगै रुस, इटाली, मेक्सिको, उत्तर कोरिया, अफगानिस्तान, प्यालेस्टाइन, इरान र युरोपेली युनियनसँग टकरावसँगै दूरी बढाइरहेको छ । जसले गर्दा अमेरिकाले आफू पुरानै लयमा फर्कन यी मुलुकहरूसँग मित्रता बढाउनुपथ्र्यो । अब त्यो असम्भवजस्तै भइसकेको छ ।

कोरोनाका कारण नयाँ शीतयुद्ध

वर्तमान अवस्थामा चीन र अमेरिकाबीचको सम्बन्ध त्यति राम्रो छैन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पदेखि वर्तमान राष्ट्रपति बाइडेनसम्म लगातार कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि यसलाई ‘वुहान भाइरस’ भन्दै टिप्पणी गरेका थिए । यस्ता प्रकारको अमेरिकाको असभ्य अभिव्यक्तिले चीन रुष्ट छ ।

अमेरिकी राष्ट्रपति र विदेशमन्त्री दुवैले कोरोना भाइरस नियन्त्रण नगरेको भन्दै चीनको आलोचना गरेका थिए । तर चीनले ती सबै आरोप खेप्दै आफूहरू विश्वलाई प्रष्ट पारिरहेको बताउँदै आएको छ । अर्काेतर्फ चीनियाँ सामाजिक सञ्जालमा कोरोना भाइरस अमेरिकी सेनाका कारण फैलिएको अफवाह भाइरल भयो । हालसम्म पनि यो क्रम चलिरहेकै छ । तर वैज्ञानिकहरूले यो भाइरस प्राकृतिक रूपमा उत्पत्ति भएर सुरु भएको हुन् सक्ने भन्दै आएका छन् ।

अमेरिकाको गलत निर्णय र चीनको सहयोग

चीन र अमेरिकाबीचमा चलेको यो लडाईं दोषारोपमा मात्र सीमित छैन । कोरोनाका बेला शुरुमा जब अमेरिकाले इटालीलगायत अन्य युरोपेली देशहरूका यात्रुलाई प्रतिबन्ध लगाउने निर्णय ग¥यो सोही समयमा चीनले इटालीमा आफ्नो मेडिकल टिम र मेडिकल सामान सप्लाई गर्ने निर्णय ग¥यो ।

कोरोना भाइरसका कारण सबैभन्दा ठूलो संकटमा जुधिरहेको इटालीका लागि यो राहतकै विषय भयो । चीनले इरान र सर्बियामा पनि मेडिकल सामग्री पठायो । विश्वलाई देखाउनका लागि पक्कै यो ठूलो कुरा होइन । तर, मुख्य कुरा अमेरिका र चीन कसरी अदृष्य लडाइँ गरिरहेका छन् भन्ने जानकारी पाउन भने योभन्दा उपयुक्त उदाहरण कम नै भेटिएला । उनीहरूबीचमा एक अघोषित युद्ध शुरु भएको छ भन्ने पनि हो ।

चीन यो समस्याको अवस्थामा एक लिडरको रूपमा आफूलाई देखाउने प्रयासमा लागेको छ भने अमेरिका आफंैभित्रको कोरोना भाइरसको नियन्त्रणमा लडिरहेको छ । यो लडाइमा चीनले सहयोगका कारण विजय पाउँदै बाहिर निस्केकाले उसमा अहिले विश्वमो नजर परेको छ । कोरोना भाइरसको यो लडाइँमा चीनले अमेरिकालाई पछाडि छोडेको छ । चीनले मेडिकल टिम पठाएपछि अमेरिकाले पनि युएस एयरफोर्सको सानो मेडिकल सुविधासहितको टोली इटाली पठाएको छ । तर, यो कुरा इटालीलाई मनपरेको छैन ।

चीनको प्रभावले अमेरिका खस्केला त ?

महामारी नफैलिँदै व्यापार युद्ध शुरु भएको अमेरिका र चीनबीच पछिल्लो समय कोरोना भाइरस हुँदै सैन्य रणनीतिका कारण पनि दुष्मनी बढेको छ । उनीहरू खराब सम्बन्धको यात्रामा चलिरहेका छन् । यसबीचमा आशिंक रूपमा आपसी मतभेद कम भए पनि पूर्ण रूपमा ठिक नभई कोरोना दुवै देश फेरि एकपटक हतियारको होडमा जुटेका छन् । दुवै देश भविष्यमा एसिया–प्रशान्त क्षेत्रमा कुनै युद्धका लागि तयारीमा जुटेको प्रष्ट बुझिन्छ ।

चीन कमसेकम एसिया प्रशान्त क्षेत्रमा सैन्य सुपरपावरका रूपमा आफूलाई उभ्याउन सफल भएको छ । यता, अमेरिका कोरोना भाइरसको जालोमा नराम्ररी फसेको छ । अमेरिकामा कोरोनाकै कारण साढे आठ लाख जनाको ज्यान गइसकेको छ भने पाँच करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यस्तै, अमेरिका कोरोना भाइरस र आफ्नो पछिल्लो समय चीनसँगै रुस, इटाली, मेक्सिको, उत्तर कोरिया, अफगानिस्तान, प्यालेस्टाइन, इरान र युरोपेली युनियनसँग टकरावसँगै दूरी बढाइरहेको छ ।

चीनको अन्तर्राष्ट्रियस्तरमा भूमिका निभाउने समय

कृत्रिम सूर्य, सबैभन्दा लामो समुद्री पुल, आधुनिक सूचना प्रणाली तथा अत्याधुनिक क्षेप्याष्त्र र हातहतियार लगायत विश्व नै चकित हुनेगरी निर्माण गरिरहेको चीन विश्वको नम्बर वन विकसित मुलुकका रूपमा आफूलाई उभ्याउन चाहन्छ । यदि विश्वलाई आफ्नो पक्षमा पार्न चीनले अब अन्तर्राष्ट्रिय परिदृश्यमा ठूलो भूमिका निभाउन सक्नुपर्छ । र त्यो समय नजिक आइसकेको छ । कोरोना भाइरससँगको युद्धमा जित हासिल भएपछि चीन आर्थिक रूपमा बिग्रेको अर्थतन्त्र सपार्न सफल हुन्े देखिन्छ ।

महामारीका बेला चीनले मेडिकल इक्विपमेन्ट, मास्क र प्रोटेक्टिव सुटजस्ता अत्यावश्यक वस्तुहरूको ठूलोमात्रामा उत्पादन गरी विश्वभरि सहयोग गरेको छ । चीनबाहेक अन्य देशसँग कमै मात्र यस्तो शक्ति छ, जसले रातारात विश्वभरमा आवश्यकता बढ्दै गएका यी वस्तुहरूको आपूर्ति पूरा गर्न सकोस् । चीन पनि यही मौका पर्खेर बसेको छ । अमेरिकी राष्ट्रपतिका आलोचकहरुले समेत यो मौका गुमाएर गल्ती गरिसकेको टिप्पणी गर्न थालिसकेका छन् । अमेरिका पहिलाको नारालाई अगाडि बढाउन सक्ने मौका यसअघिको ट्रम्प प्रशासनले गुमाएको उनीहरूको आरोप छ ।

मौका पाउन सहज छैन । कतिपय मानिसले सोचे होलान् । खराब अवस्थामा चीनले आफ्नो मात्र फाइदा कसरी सोच्न सक्ला र ? जब, चीनमा नै कोरोना भाइरसको संक्रमण सुरु भयो । वुहानमा विकसित भएको यो संकटमा बेइजिङले शुरुवाती अवस्थामा गोप्य तरिकाले काम ग¥यो । त्यसलगत्तै चीनले आफ्नो विशाल संसाधनलाई असर नपर्ने गरी रोक्न सफल भएको छ । यो विषय सोचनीय छ ।

हुन त, अहिले विश्वभरिको लकडाउन हटिसकेको अवस्था छ । कतिपयले लकडाउनलाई खुकुलो बनाए पनि कोरोनाका नयाँ नयाँ भेरियन्टका कारण कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेको छ । तर, पनि यसले संसारको प्रशासनिक र राजनीतिक व्यवस्थाको अब्बलता जाँच लिइरहेको छ । कोरोना भाइरसको यो लडाइँमा नेतृत्व नै सबै थोक हो भन्ने निश्चित छ । यो संकटको अवस्थामा कसले कति प्रभावकारी रूपमा नियन्त्रणको भूमिका निभाए र अन्य देशलाई सहयोग गरे भन्ने आधारमा आँकलन गर्न सकिएला । त्यस्तै, यी देश र नेताहरूले कुन रूपमा आफ्ना देशका संशोधनको प्रयोग गरेर महामारी रोके भन्ने कुरा इतिहासले मूल्यांकन पक्कै गर्नेछ ।

के विश्वको समीकरण बदलिन्छ ?

धेरै पश्चिमी विकसित मुलुकहरूले चीनको तानाशाही र अतिराष्ट्रवादी देशका रूपमा मात्र देखेका छन् । उसको यो इमेज झन् तीव्ररुपमा बढ्दै जानसक्ने उनीहरूको विश्वास थियो । तर, अल्पविकसित राष्ट्रहरूले अमेरिकालाई तानाशाही ठान्दछन् । कारण अमेरिका कुनै परियोजनाको लोभ देखाएर ती देशलाई सिरिया, र अफगानिस्तान जस्तो बनाएर त्यही सैनिक खडा गरी, चीनसँग युद्ध गर्न चाहन्छ ।

अमेरिकाका सहयोगीहरू अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् । उनीहरू खुलेआम अमेरिकी प्रशासनको आलोचना नगरे पनि चीनमाथि खुल्ला रुपमा भइरहेको आलोचनालाई पनि मन पराएका छैनन् । चीनियाँ प्रविधिको विवाद र इरानको विवादमा उनीहरूले असन्तुष्टि राख्दै आएका छन् । चीन यो महामारीको समयमा आफ्नो पहुँचको प्रयोग गरिरहेको छ । उनीहरू भावी सम्बन्धका लागि नयाँ मापदण्ड तय गर्दैछन् । चीन विश्वका लागि आवश्यक शक्ति बन्न पनि सक्छ । जसले गर्दा चीनको नेतृत्वमा अब नयाँ समीकरण बन्न बेर छैन ।

प्रतिकृया दिनुहोस्