×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीको स्थायी कमिटी बैठक आज बस्दै

माओवादीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्न लागेको हो ।
माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्