×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

काठमाडौँ । एनसेलले आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना ल्याएको छ । एनसेलले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना ल्याएको हो । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो योजना ल्याएको हो ।

यो योजना मंगलबारदेखि यही माघ २८ गतेसम्म १० दिने रहने छ । मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले १/१ वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याव टेनएस पाउँने छन् । ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी छनोट हुने बताइएको छ ।

मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताल नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो योजनाको लाभ लिनुका साथै ट्याव जित्ने मौका पनि पाउने छन् । ग्राहकहरुले १७१२६ डायलगरि यो सेवा निःशुल्क सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्