×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कोशीको स्वास्थ्यमन्त्रीमा जसपाकी लिम्बू नियुक्त

कोशीको स्वास्थ्यमन्त्रीमा जसपाकी लिम्बू नियुक्त

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)की कोशी प्रदेश सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री नियुक्त हुनु भएको छ। मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दै लिम्बुलाई आज मन्त्री नियुक्त गर्नु भएको हो । लिम्बूले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिनु भएको छ ।

कोशि प्रदेशमा जसपाकी एक्ली सांसद लिम्बु दोस्रोपटक प्रदेशको मन्त्री बन्नु भएको हो। यसअघि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बु स्वास्थ्य मन्त्री नै हुनुहुन्थ्यो।

प्रदेशको नाम कोसी राखेको विषयमा असहमति जनाउँदै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन गत जेठ १७ गते फिर्ता लिँदै जसपाले उहाँलाई फिर्ता बोलाएको थियो। पुनः लिम्बू मन्त्री बनेपछि कोसी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ।

प्रदेशमा यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने र बहुपहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने अडानमा जसपा थियो। त्यही माग राखेर जसपा कार्की नेतृत्वको सरकारबाट फिर्ता भएको थियो। यतिबेला विभिन्न सहमती गरेर जसपा फेरी सरकारमा सहभागी भएको हो।

प्रतिकृया दिनुहोस्