काठमाडौं- नेपालमा मंगलबार २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ४८ पीसीआर परिक्षणमा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ एन्टीजेन परिक्षणमा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ७ सय ९८ जना निको भएका छन् ।
हाल नेपालमा ९ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेमो मन्त्रालयले जनाएको छ ।