काठमाडौं - गायिका स्मृति शाहीको स्वरमा ‘रेलको बाटो’गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । यस गीतमा ओरिजिनल स्वर सुरज पण्डितले भरेका छन्।
कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतका शब्द लेखराज गिरीले कोरेका हुन् । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।
‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतमा देखाउने प्रयास गरिएको छ’ मोडल चिरञ्जिवी सापकोटाले भने । गीतको भिडियो एक महिना लगाएर निर्देशक लक्ष्मण सुनारले तयार गरेका हुन् । भिडियोमा चिरञ्जीवीको अलवा सरस्वती खत्री र स्थानीय कलाकारहरुको अभिनय समेटिएको छ ।