×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसपीपीबारे ओलीको स्पष्टीकरण : अमेरिकी दूतावासलाई पत्र लेख्दा मलाई जानकारी दिइएन

एसपीपीबारे ओलीको स्पष्टीकरण : अमेरिकी दूतावासलाई पत्र लेख्दा मलाई जानकारी दिइएन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नगराएको स्पष्ट पारेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले एसपीपीमा सामेल हुन अमेरिकी दूतावासलाई पत्र लेखेपनि आफुलाई कुनै जानकारी नदिएर गुमराहमा राखेको गुनासो गरे ।

‘हामीलाई कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भएँ, २५ गते सपथ लिएँ । तर १० गते (कात्तिक) मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’ उनले अघि भने, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले सुनाए । आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीले बताए ।

 

सुशील कोइरालाको पालमा भूकम्पसम्बन्धी विपद् व्यवस्थापनसम्बन्धी तालिमका लागि सुरु गरेको भए पनि आईपीएसमा राखेपछि सैन्य गठबन्धनमा सहभागी हुन सक्दैनौं भनेर आफूहरुले च्याप्टर क्लोज गरेको उनले बताए । अहिले एमसीसी पास गरेपछि गठबन्धन हौसिएर अमेरिकी सेना नेपालमा राख्ने गरी ड्राफ्ट बनाएको ओलीको दाबी छ ।

 

प्रतिकृया दिनुहोस्