×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पक्राउ पुर्जी खारेजीको माग गर्दै पत्रकार दिलभूषण पाठक अदालतमा

पक्राउ पुर्जी खारेजीको माग गर्दै पत्रकार दिलभूषण पाठक अदालतमा

काठमाडौं - पत्रकार दिलभूषण पाठक आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै उच्च अदालत पाटन पुगेका छन्। उनले आइतबार दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

उच्च अदालत पाटनका अनुसार न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा रिटको पेसी तोकिएको छ।

आफ्नो युट्युब च्यानल 'टफ टक'मा हिल्टन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ सार्वजनिक गरेपछि पाठकविरुद्ध उजुरी परेको थियो।

सोही उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतले गत जेठ २८ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला अदालतको उक्त कदम कार्यक्षेत्रभन्दा बाहिरको भएको भन्दै आलोचनासमेत भएको थियो।

प्रतिकृया दिनुहोस्