विराटनगर- धनकुटामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । पाख्रिवास नगरपालिका–९ बस्ने ५९ वर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको हो ।आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जलेर मृत्यु भएकी महिलाका शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ ।