×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टिपरको ठक्करबाट रौतहटमा माओवादी नेताको मृत्यु

टिपरको ठक्करबाट रौतहटमा माओवादी नेताको मृत्यु

रौतहट -  रौतहट फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट एकजना माओवादी नेताको मृत्यु भएको छ। फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो ।
आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो। चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा टिपरमा तोडफोड गरेका थिए ।
टिपर चालक भने फरार रहेका छन् । चौधरीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । मृतक खेदु चौधरी फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य रहेको माओवादी नगर अध्यक्ष अजय तिमल्सिनाले जानकारी दिएका छन् । यसैबीच दोषीलाई कारबाही र क्षतिपूर्ति को माग गर्दै सोमबार बिहान विजयपुर बजारमा स्थानीय नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस्