×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न आदेश

पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न आदेश

काठमाडाैं: सर्वोच्च अदालतले अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता दिएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता लिलानाथ घिमिरेसहित दुई जनाले दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले समाचार संकलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएकाले पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन  अन्तरिम आदेश दिएको हो ।

‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्