×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता गठबन्धनले सिट बाँडफाँटमा जुटाउन सकेन सहमति

सत्ता गठबन्धनले सिट बाँडफाँटमा जुटाउन सकेन सहमति

काठमाडौँ - सत्तारुढ गठबन्धनले आगामि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेको छैन । शुक्रबार दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा भएका बैठकमा पनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।

शुक्रबारसम्म सत्तारुढ गठबन्धनमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १२० निर्वाचन क्षेत्रमा चाहिँ सहमति जुटिसकेको र ३३० प्रदेशसभा निर्वाचनमध्ये १६५ सिटमा सहमति जुटिसकेको बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताले फरकधारलाई जानकारी दिएका छन् ।

सत्तारुढ गठबन्धनका पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले निर्वाचन क्षेत्रहरुमा आआफ्नै दाबी गर्दा सहमति जुट्न नसकेको हो । 

कांग्रेसले सिट बाँडफाँटमा आफूलाई कम्तिमा पनि ९० सिट चाहिने अडान राखिरहेको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसले दाबी गरेका कतिपय सिटमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्