काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिभाशाली ब्याट्सम्यान भीम सार्कीले टी-२० अन्तर्राष्ट्रिय (टी-२० आई) मा डेब्यु गरेका छन्।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा उनले राष्ट्रिय टोलीको जर्सीमा पहिलो पटक मैदान उत्रिएका हुन्। यो डेब्युसँगै भीम नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेल्ने ५२औं खेलाडी बनेका छन्।
भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।
सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ।
सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ।
नेपालको प्लेईङ-११
कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी