×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बारामा मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु

बारामा  मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु

एजेन्सी -बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको  इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्