×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राखेपका पूर्व सदस्य सचिव सिलवालको रिट खारेज

राखेपका पूर्व सदस्य सचिव सिलवालको रिट खारेज

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा कायमै रहन तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सिलवालले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो ।

वर्तमान सरकारले सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेपछि सिलवाल त्यसविरुद्ध सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्चको यो फैसलासँगै अब घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

प्रतिकृया दिनुहोस्