×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गण्डकीका मन्त्री मनाङेद्वारा कर्मचारीमाथि दुर्व्यवहार

गण्डकीका मन्त्री मनाङेद्वारा कर्मचारीमाथि दुर्व्यवहार

पोखरा - गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारीमाथि हातपात गरेका छन् । 

मनाङेले हिजाे मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि हातपात गर्नुभएकाे हाे । घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् । 

कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएकाे छ । मन्त्री मनाङेले पनि यस विषयमा बोल्न मान्नुभएन । 

युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा विवाद भएपछि मन्त्रीले हात हालेकाे बताइएकाे छ । डेढ वर्षअघि पनि मनाङेले कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गर्नुभएकाे थियाे । तत्कालीन समयमा उहाँलाई प्रहरीले पक्राउ गरेर धरौटीमा रिहा गरेको थियो । 

प्रतिकृया दिनुहोस्