×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनले कटाए ५० हजार मत,दोश्रो स्थानमा सिर्जना

बालेनले कटाए ५० हजार मत,दोश्रो स्थानमा सिर्जना

काठमाडौं -  काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन ले ५० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन सिंहभन्दा १९ हजार २ सय ६३ मतले अगाडि रहेका छन् । त्यस्तै स्थापितभन्दा उनी २० हजार १५ मतले अगाडि छन् ।

काठमाडौंमा १ लाख ९१ हजार ५५ मत खसेको थियो । अहिलेसम्म करिब १ लाख ५३ हजार मत गणना भइसकेको छ भने ३७ हजार ७ सयजति मत गन्न बाँकी रहेको छ । अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ भने वडा नम्ब। १७ को मतगणना सुरु हुनै बाँकी रहेको छ । अन्य वडामा भने मतगणना सम्पन्न भइसकेको छ ।


 

प्रतिकृया दिनुहोस्