×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

शिशुहरू दुध पिएपछि बान्ता किन गर्छन् ? जान्नुहोस् कारण र रोकथामका उपाय

शिशुहरू दुध पिएपछि बान्ता किन गर्छन् ? जान्नुहोस् कारण र रोकथामका उपाय

काठमाण्डौ - नवजात शिशुहरू दुध पिए पछि प्राय बान्ता गर्ने गर्छन् । धेरै व्यक्तिहरूले यस कुरालाई हहल्कासित लिन्छन् जबकि केहि आमाबाबुलाई यो सामान्य हुनु हुँदैन जस्तो लाग्छ । कहिलेकाँही पेट दुखाइ वा ग्याँसको कारण बच्चा रुन्छ, तर कहिलेकाहिँ बच्चा बान्ता गर्छन । अर्कोतर्फ, यदि शिशुहरूले बारम्बार बान्ता गरिरहेका छन् भने, यसको कारण जान्नु र तिनीहरूलाई उपचार गर्नु महत्त्वपूर्ण छ।

बान्ताका कारण
धेरै दुध पिइसकेपछि बच्चाहरुले केही दूध बाहिर फाल्छन । यो प्रक्रियालाई सामान्य चीजको रूपमा बुझ्नुपर्दछ र आत्तिनु हुँदैन।
कहिलेकाँही बच्चाहरूको पेटबाट फुड पाइपको बाटोमा धेरै खाना जम्मा हुन्छ वा बच्चालाई धेरै दुध पिउँदा बान्ता हुन्छ। तर यस अवस्थामा बान्ताका कारण डराउनुपर्दैन।

बान्ता रोक्न के गर्ने ?
  -दुध खुवाए पछि बच्चालाई नहल्लानुहोस ।

– दैनिक फरक फरक समयमा दुध खुवाउनाले समस्या हुन सक्छ।

– बच्चालाई दिनहुँ एकै समयमा दूध खुवाउनुहोस्।

– डाक्टरको सल्लाह अनुसार बान्ता रोक्ने औषधी दिनुहोस ।

- जब तपाई आफ्नो बच्चालाई दुध खुवाउँनुहुन्छ, तब सफा लुगा आफूसँगै राख्नुहोस् ताकि जब बच्चाले बान्ता गर्नेछ उसको मुख तुरुन्तै सफा गर्न सकियोस ।

प्रतिकृया दिनुहोस्