×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२७४ संक्रमित थपिँदा २७० कोरोनामुक्त

२७४ संक्रमित थपिँदा २७० कोरोनामुक्त

काठमाडौँ- नेपालमा शुक्रबार थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६९१ पीसीआर परीक्षणका क्रममा २ सय ६९ जना र १ हजार ३२५ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५७० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ३५३ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ५२२ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्