×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालुवाटारमा माओवादी केन्द्र र नेपाल-खनाल समूहबिनैको ‘सर्वदलीय’बैठक सुरु

बालुवाटारमा माओवादी केन्द्र र नेपाल-खनाल समूहबिनैको ‘सर्वदलीय’बैठक सुरु

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक’बालुवाटारमा सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेको छैन । 
यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएका छैनन् । 

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ । 


संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । 

प्रतिकृया दिनुहोस्