काठमाडौँ- नेप्सेमा भिषण पहिरो गएको छ । आज मंगलबार नेप्से ६९ दसमलव पाँच अंकले घटेर दुई हजार ९ सय ७५ दसमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ३४ अंकले घटेर पाँच सय ५० दसमलव ५२ अंकमा झरेको छ ।
दुई सय २७ वटा कम्पनीहरुको एक लाख ३० हजार सात सय ७४ पटकको कारोवारमा दुई करोड ३१ लाख ९ हजार सात सय १३ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार एक सय सात रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव ९९ अंकले घटेर एक हजार नौ सय ७२ दसमलव १९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय २४ दसमलव २७ अंकले घटेर तीन हजार चार सय ६८ दसमलव ११ अंकमा झरेको छ ।
यसैगरी फाईनान्स समुहको सुचक पनि एक सय एक दसमलव ४८ अंकले घटेर तीन हजार एक सय ९० दसमलव छ अंकमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्णाली बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत आयोजना परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।