×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सम्हालियो नेप्से, परिसूचक ३२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

सम्हालियो नेप्से, परिसूचक ३२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

काठमाडौं- कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव ०८ अंकमा पुगेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ । सोमबार कारोबार खुला भएसँगै लगातार घटिरहेको नेप्से पहिलो घण्टा नबित्दै २ हजार ५ सय तल झरेको थियो । 

३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो । साताको पहिलो दिन आइतबार नै ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार सम्हालिएको छ । कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । दिनभर भएका ६९ हजार ८८८ कारोबारबाट ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा रोकिएको छ ।

प्रतिकृया दिनुहोस्