×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तारर्केश्वरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन बृहत र्‍यालीसहित सम्पन्न

तारर्केश्वरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन बृहत र्‍यालीसहित सम्पन्न

काठमाडौं- लैंगिक हिंसा नियन्त्रण समन्वय संजाल तारकेश्वरको आयोजनामा आज बृहत र्‍यालीसहित कार्यक्रम गरेको छ।

मंसिर ९ गते देखि २४ गतेसम्म लैंगिक हिँसा विरुद्दको १६ दिने अभियान सम्पन्न भएको छ। शनिबार बिहान लैंगिक हिँसा नियन्त्रण समन्वय संजालको आयोजनामा लोकतान्त्रिक चोकबाट बाजागाजा सहितको हजारौंको संख्यामा महिला समूह, खेलाडी, स्काउट र विद्यार्थीको उपस्थितिमा सुरु भई नेपालटारको कान्तिपुर ए.बि. पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा तारकेश्वर नगरप्रमुख कृष्ण हरी महर्जन, उपप्रमुख श्रृजना बुर्लाकोटी, बालाजु प्रहरी वृतका प्रहरी प्रमूख रबिन बिष्ट , तारकेश्वर वडा नं. १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं. ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रमुख अतिथि नगर प्रमुख कृष्णहरि महर्जनले हिंसा ५ प्रकारका हुने बताएका थिए। जसमा शारिरीक हिंसा, मानसिक हिंसा, सांस्कृतिक हिंसा, आर्थिक हिंसा र यौनिक हिंसा हुने गरेको छ। यी पाँच प्रकारका हिंसा विरूद्ध लाग्न महर्जनले सबै संघरसंस्था र समूहलाई अनुरोध गरेका छन्। यो १६ दिने अभियानभन्दा पनि ३६५ दिन नै यस बारेमा लाग्न आवश्यक छ। लैंगिक हिंसामा परेका लागि उद्धारमा तारकेश्वर नगरपालिकाले ३ लाख ५० हजारको कोष नै स्थापना गरेका बताएका छन्।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सृजना बुर्लाकोटीले समाजमा पुरुषले महिलामागि गर्ने हिंसा र महिलाले पुरुषलाई गर्ने हिंसा बढ्दै गएको बताएकी थिइन । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा भने हिंसाका मुद्दाहरु कम मात्रामा आउने गरेको बताएकी छन्।। उनले लैंगिक हिंसा नियन्त्रण सञ्जालले काम गरिरहेको हुँदा पनि यस्ता घटना कमै बाहिर आएको बताईन्।

बालाजु प्रहरिका प्रमुख डिएसपी रविन विष्टले समाजमा महिला र पुरुष हिंसा उत्तिकै रहेको बताएका थिए। समाजमा महिला र पुरुषको सभिन्नतालाई लिएर भेदभाव भइरहेको छ। सबैभन्दा धेरै हिंसा हुनेमा महिला, बालबालिका र जेष्ठ नागरिक हुन्। उनिहरुको संरक्षण र हितका लागि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरिले यी तीन क्षेत्रको संरक्षण, हित र अधिकार दिलाउनका लागि सहायता कक्ष नै निर्माण गरेको छ।

तारकेश्वर नगरपालिका र महानगरीय प्रहरी वृत्त बालाजुको समन्वयमा “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिँसा विरुद्दको १६ दिने अभियान भव्यताका साथ् सम्पन भएको छ। कार्यक्रममा लैंगिक हिँसा नियन्त्रण समन्वय संजालको कार्यवाहक अध्यक्ष अमृत थापाको सभापतित्व रहेको थियो। कार्यक्रमको सञ्चालन भने सुजाता अधिकारीले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्