काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। कतार एयरवेजको क्यूआर ६५२ उडानबाट आज बिहान पौने १० बजे काठमाडौं आएका महोत्तरी घर भएका ती व्यक्तिलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले विमानस्थल भन्सार कार्यालयमा यात्रु चेकजाँचको क्रममा महोत्तरीका जीतेन्द्र यादवलाई उक्त सुन सहित पक्राउ गरिएको हो। ढकालका अनुसार यादवले लगाएको भित्री वस्त्र (अण्डरवेयर) भित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम बिस्कुट आकारको सुन थान-४ थान र ५० ग्रामको सिक्री गरी ५१६.५ ग्राम नियन्त्रणमा लिइएको हो। उनीमाथि त्रिभुवन भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ।