काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने बताएका छन् ।
पार्टी कार्यालयमा मंगलबारबाट सुरु भएको स्थानीय कमिटीको बैठकमा उनले यस्तो बताएका हुन् ।
प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया नै नचालेको र नागरिकता कायम नभएको अवस्थामा उनले चुनाव जितेर सांसद पनेको भन्दै उनको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज हुने संक्षिप्त फैसला सुनाएको थियो । यसको पूर्ण पाठ भने आउन बाँकी नै छ ।
पुनः नेपाली नागरिकता लिएर नागरिक बनेका रविले गृह मन्त्रालय आफैँलाई चाहिने अडान राखिरहेका छन् ।