औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकावालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७५ देखि लागू हुने गरी अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।
उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्ततृ अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए । तर गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ ।